काठमाडौंको गौशालाबाट छोरी पक्राउ, बुवा फरार


काठमाडौं, जेष्ठ २९ –



अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी भएकाले उनलाई पक्राउ गरी सप्तरी पठाइएको एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए । निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । नन्दकिशोरलाई बिहीबार धरानबाट पक्राउ गरिएको थियो । रामदेवसहित अन्य भने फरार छन् ।




पीडितहरूले साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरी प्रहरीमा दिएका थिए ।

उजुरी परे पनि अनुसन्धानमा प्रहरीले आलटाल गर्दै आएको थियो । विपन्नमाथि भएको अत्याचारबारे संचार माध्यममा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् । उनीहरूमाथि कारबाहीका लागि संसद्मा समेत सांसदहरूले माग गरेका छन् ।यसअघि पक्राउ परेका नन्दकिशोरमाथि अनुसन्धान गर्न प्रहरीले शुक्रबार जिल्ला अदालत सप्तरीबाट पाँच दिन म्याद थप भएको छ ।

 



सम्बन्धित
Loading...