गुल्मीमा श्रीमतीलाई बलाlत्कार गरेको आरोपमा श्रीमान पक्राउ
ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पlक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् ।
प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौlन सlम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जlस्ती करlणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।