श्रीमतीको कचकच सहन नसकेर गणेशले आफ्नै घाँटी रेटे


 



श्रीमतीको कचकच सहन नसकेर काठमाडौंको काँडाघारीमा एक युवकले आफ्नै घाँटी रेटेरआ`त्महत्या गर्ने प्रयास गरेका छन् ।

 




ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले च`क्कुले घाँ`टी काट्ने प्रयास गरेका हुन् ।

 

 

दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आ`त्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ ।

 

चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ ।

 



सम्बन्धित
Loading...