भर्खरै: नवलपुरमा करेन्ट लागेर एक जनाकाे निधन 


 



रामकुमार श्रेष्ठ

नवलपुर । पूर्वी नवलपरासीमा आज करेन्ट लागेर एक जनाकाे निधन भएकाे छ ।

 




नवलपुरकाे हुप्सेकाेट गाउँपालिका ४ झ्यालबासमा विजुलीकाे तारमा करेन्ट लागेर एक जनाकाे निधन भएकाे स्थानीयले जनाएका छन् ।

 

करेन्ट लागेर हुप्सेकाेट ३ निवासी ६६ बर्षीय काेषबहादुर मल्लकाे निधन भएकाे हाे ।

 

विजुलीकाे पाेलमुनी रहेकाे तारमा छाेईदा मल्ललाई करेन्ट लागेकाे हाे । मृतककाे शब अहिले घटना स्थलमै रहेकाे छ ।

 

प्रहरीले घटना स्थलकाे मुचुल्का तयार गरि शव पाेष्टमाटर्मका लागि लैजाने तयारी गरेकाे छ ।



सम्बन्धित
Loading...