९६ किलो अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ
भिमफेदी गाउँपालिका ९ चुनियाबाट ९६ किलो ८ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका ९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका १० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।
उक्त ठाउँमा ना।२ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरेको हो ।
