दाङका २४ वर्षीय युवकको दुबईमा मृ’त्यु


दाङ।



दाङका एक ब्यक्तीको दुबईमा मृत्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ छोटे निवासी २४ बर्षीय खुमबहादुर थापाको मृत्यु भएको स्थानीय मनोज शर्माले जानकारी दिए ।

राति साथीहरुसंग कुरा गरेर सुतेका उनको मंगलबार विहान मृत्यु भएको हो । उनी एक बर्ष अघि विदेश गएका थिए ।




अन्य समाचार : काठमाडौं, जेठ ३१ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुईतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यता भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँ स्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।

शुक्रबार सडक भासिँदा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ ।

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ । दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ ।

 



सम्बन्धित
Loading...