भ्र’ष्टा’चार नियन्त्रण गर्नका लागि मेयर बालेन शाहले चलाए यस्तो अभियान :
काठमाडौं / भ्र’ष्टा’चार निवारण गर्नका लागि बेरुजुको मात्र सकेसम्म घटाउनु पर्छ । बेरुजु नियन्त्रणमा चितवनको भरतपुर महानगरपालिका सबैभन्दा अगाडि देखिन्छ । त्यही भरतपुरकी मेयर रेनु दाहालको सिको गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि बेरुजुलाई घटाउने योजना सुनाएका छन् ।
मेयर बालेन शाहले आज प्रणालीलाई पछ्याउने र का’नुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका पनी छन् । ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन् उनले जानकारी दिए ।
काठमाडौं महानगर प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ उनले भने अहिले काम गर्नको लागी अल्लि गार्हो भएको छ पहिला देखि नै राम्रो व्यवस्था र राम्रो का’नुनको पालना नगर्दा आफु र नयाँ व्यक्तिहरुलाई काम गर्न गार्हो भएको उनले बताएका छन् ।
देशैभरी बिभिन्न साना र ठूला समस्याहरु छ्न् ति सबै समस्या बिस्तारै हल हुदै जानेपनि उनले बताएका छन् र नेपाली नागरीकको काममा कुनै बा’धा नपुर्याउन र सबै नगरीकको काम सहज रुपमा गर्न उनले सबै सरकारी कर्मचारी हरुलाई आग्रह पनि गरेका छन् ।
आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले शुक्रबार वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा शाहले बेरुजु नियन्त्रणको सुझाव दिएका हुन् । उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन् ।