एका बिहानै आयो दुखत खबर: सुनसरीमा बस दु”र्घटना, २५ जना घा’इते
चालकसहित
२५ जना घा’इते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो ।विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दु”र्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार
कार्कीले जानकारी दिए ।दु”र्घटनामा घा’इते भएकाको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।घा’इतेमध्ये देवकुमारी चौधरी र भूराज खत्री सख्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रसकाठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ ।
यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ ।फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘
छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ ।भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ ।