लुम्बिनी तनावग्रस्त, स्वास्थ्य राज्यमन्त्री बिमला ओली नै पक्राउ, सबैको भागाभाग !


लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा



प्रकाशित मिति । जेष्ठ ३१, २०७९ ।

दाङ — लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****




स्थानीयले घटनाबारे खबर गरेपछि वलीलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।

नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।

ओमानसँग आज नेपाल भिड्दै, आसिफ र कुशल दुवैले खेल्ने सम्भावना

ह्युस्टन, अमेरिका — ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल दुवैले ओमानविरुद्ध मंगलबार हुने विश्वकप लिग २ क्रिकेटमा खेल्ने सम्भावना बढेको छ । लिग २ को ३ वर्षे साइकलमा यो ओमानको अन्तिम खेल हो ।

३५ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ । नेपालले १४ खेल मात्र खेलेको छ र १३ अंकसहित सात राष्ट्र सहभागी प्रतियोगिताको छैटौं स्थानमा छ ।

अमेरिका भ्रमणमा लिग २ को पहिलो खेलमा नेपाल बिहीबार ओमानसँग १३ रनले पराजित हुँदा आसिफ र कुशल दुवै चोटका कारण खेल खेलेका थिएनन् । अभ्यास खेलहरुमा यी दुई घाइते भएपछि सुवास खकुरेललाई नेपालबाट झिकाई ओमानसँगको खेलमा उनले र सुनिल धमलाले ओपनिङ ब्याटिङ गरेका थिए । दुवैले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...