सम्बन्ध दाजु र गाउँले थाहा पाएपछि रूखमा झुन्डिएर देवर-भाउजूले गरे आlत्महlत्या
धनगढी ।
गाउँमा देवर र भाउजूको अlनैतिक सम्बन्धको हल्ला भएपछि डडेल्धुरामा देवर र भाउजूले रूखमा झुन्डिएर आlत्महlत्या गरेका छन् । डडेल्धुराको आलितालको वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव एकै रूखमा झुlन्डिएको अवस्थामा फेला प¥यो ।
पशुपतिका श्रीमान् रबिन विक रोजगारीको सिलसिलामा भारत गएका थिए । त्यही समयबाट उनको सम्बlन्ध देवर गणेश विकसँग रहन गयो । त्यो कुरा एक कान दुई कान हुँदै गाउँभरि फैलियो ।
डडेल्धुराको सानो गाउँ भावरमा बस्ने उनीहरूको सlम्बन्ध श्रीमान्ले पनि थाहा पाए । आलिताल गाउँपालिका–५ मा भावरका गाउँलेले त्यो कुरा मिलाउन प्रयास गरे । करिब दुई महिनाअघि श्रीमान् पनि गाउँ फर्किसकेको अवस्थामा वडा सदस्यको रोहबरमा देवर–भाउजूले आफ्नो अनैlतिक सम्बlन्ध त्याग्ने सम्झौता गरेका थिए ।
अब आइन्दा सम्बन्ध नराख्ने भनेर कागज नै भएको एक वडासदस्यले बताए । तर, सजिलै सम्बlन्ध त्याग्न नसकेपछि देवर गणेशले आफूहरूको सम्बन्ध जोगाइदिन भन्दै प्रहरी चौकी आलिताललाई समेत गुहारेका थिए ।
त्यो प्रयास असफल भएपछि आइतबार राति पशुपति र गणेश विक गाउँबाट भागेका थिए । त्यसपछि पति रबिनले उनीहरूको खोजी गरिदिन सोमबार बिहानै प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा उनीहरूको शव वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनको एउटा रूखमा झुlन्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू रूखमा प्लास्टिकको डोरीले झुlन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।
देवर–भाउजू मृत फेला पर्नुअघि एक बाख्रा गोठाला गणेश मडैले दुवैलाई देखेका थिए । ‘शव भेटिनुभन्दा अगाडि दुवै चाउचाउ खाइरहेका थिए । आधा एक घन्टापछि माथि जाँदा एक जनालाई झुlन्डिएको अवस्थामा देखेँ’ उनी भन्छन्, ‘म डरले सीधै घर गएर घटlनाबारे घरमा भने र घरबाट प्रहरीलाई जानकारी भयो । मैले झट्ट हेर्दा एउटै लास देखेको थिए, तर दुवै झुlन्डिएका रहेछन् ।’
शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाल घटlनास्थल पुगेका थिए । ‘घटनास्थल अवलोकन गर्दा उनीहरू एउटै रूखको एउटै हाँगामा झुlन्डिएको फेला परेका थिए । दुवैको शव जोगबुढा अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो’ उनले भने, ‘आज मंगलबार पोस्टमार्टम भइसकेको छ । रिपोर्ट आएको छैन । शवमा बाहिरी चोlट देखिएको थिएन । केवल घाँlटीमा डोरीको छाप छ ।’
पोस्टमार्टम रिपोर्टपछि मात्रै उक्त घlटनाबारे विस्तृत विवरण खुल्ने डडेल्धुरा प्रहरीले जनाएको छ ।