अचम्मको कुकुर, बा आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा ( भिडियो हेर्नुहोस्)
अचम्मको
कुकुर, बा आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा, नेपालकै यो अचम्मको कुकुर संसारभर बन्यो भाइरल, आमाले जसरी कुकुरले मान्छेको बच्चालाई माया नै माया दिएको यो दृश्यको चौतर्फी चर्चा,
हेर्नुहोस् यो रमाइलो भिडियो
अर्को समचार पनि हेर्नुहोस
खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्दा उठाउँदै आएका उनी एक दशकयता धरानका चोक र चौतारीमा खबरदारी गरिरहेका हुन्थे । सर्वसाधारणलाई समस्या परेका ठाउँमा पुग्थे, सरोकारवाला निकायलाई प्रश्न गर्थे उनी ।
प्रश्न गर्ने साम्पाङलाई धरानका बासिन्दाले अब जवाफ दिने ठाउँमा पुर्याएका छन् । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा तोड्दै साम्पाङ मेयरमा निर्वाचित भए । ‘साम्पाङले हिजो प्रश्न गरे,’ धरानका युवा रवि खनालले भने, ‘आज जवाफ दिने ठाउँमा पुगे ।’
निरन्तर सामाजिक मुद्दामा प्रश्न उठान गरेका कारण साम्पाङलाई धरानका मतदाताले पत्याएका हुन् भन्छन् विश्लेषक राजेन्द्र शर्मा ।
धरानले विगतमा पनि मुलप्रवाहभन्दा फरक देखिने गरेको उनको अनुभव छ । ‘धरानको विषेशता २०१७ सालदेखि नै मूल प्रवाह भन्दा फरक देखिन्छ,’ उनले भने,‘ हिजो कम्युनिष्टको प्रवाह हुँदा कांग्रेसलाई जिताइ दियो, आज कांग्रेस हुँदा स्वतन्त्र उम्मेदवारले चुनाव जिते ।’