बोल्ड अवतारमा ‘लेडी टाइगर’ स्वस्तिमा खड्का (हेर्नुस् १० तस्बिर)
पछिल्लो समय स्वस्तिमा खड्का सामाजिक संजाल मार्फत आकर्षक तस्बिर सार्वजनिक गर्दै आएकी छिन् । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपालसहित एक दर्जन मुलुकमा प्रदर्शन हुँदैछ । त्यसैको प्रचारको लागि दौडधुपमा छिन् स्वस्तिमा ।
यो पटक उनी बाघ को रङ दर्शाउने टाटेपाटे कपडामा देखिएकी छिन् । जसले उनलाई निकै बोल्ड देखिएको छ । ‘होस्टेल रिटन्स’बाट अभिनय करिअर थालेकी २६ वर्षीया अभिनेत्री स्वस्तिमाले ‘चिसो मान्छे’मा सुदूरपश्चिमको बाजुराकी एक विवाहित युवतीको भूमिकामा अभिनय गरेकी छन् ।

राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म अवार्ड समेत जितेकी स्वस्तिमाले दक्षिण भारतीय फिल्म थिरिमालीमा समेत अभिनय गरेकी छन् । फेसन कन्सस स्वस्तिमा नेपाली फिल्ममा नम्बर वान नायिका बन्ने दौडमा समेत छिन् ।
आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो ।
कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौंसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ ।
फिल्मको पात्रले महिलाहरुको सबैखाले समस्या देखाउने बताए । त्यस्तै, अभिनेता विपिन कार्कीले निर्देशकले नयाँ आयाममा फिल्म बनाएको भन्दै निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे ।

