ज्ञानेन्द्र शाहीकी ममतामई आमाको मृ’त्यु ! फेसबुकमा लेखे मनै छुने यस्ताे भावूक स्टाटस:
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीकी ममतामई आमाको स्वर्गारोहन भएको हिजो आफ्नो सामाजिक संजाल फेसबुकमा भाबुक पोस्ट गर्दै प्रवक्ता शाहीले जानकारी गरायका छन् !राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले लेख्नु भएको मनछुने भाबुक पोस्ट :हामी मान्छेको जीवन कर्कलाको पातमा अडकिएको पानी जस्तै हुँदोरहेछ कति खेर पोखिने हो पत्तो नै हुदैन रहेछ । जन्म र मृत्यु कसैको हातमा हुदैन रहेछ जति प्रयास गर्दा पनि बचाउन सकिएन आमा मलाई माफ गर्नु होला हजुरको स्वर्गमा बास होस
को हुन् ज्ञानेन्द्र शाही ?ज्ञानेन्द्र शाही मध्यपश्चिमको जुम्लामा जन्मिएका २८ बर्षिय एक युवक हुन् । भ्रष्टाचारको खरो बिरोध गर्दै भ्रष्टाचार बिरोधी अभियान्ताको छवि बनाएका ज्ञानेन्द्र शाही ’ हामी नेपाल हामी नेपाली’ का संयोजक समेत हुन् । उनले यस अभियानलाई देशव्यापी रूपमा संगठित रुपमा नै खडा गरेका छन् ।
उनले आफुलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने गरेका छन् । उनले सिएको पढाई गरेको छिमेकी मुलुक भारतमा हुन्। भ्रष्टाचारको कट्टर बिरोधीको रुपमा परिचित ज्ञानेन्द्र शाही अहिले पछिल्लो समय राहत वितरण जस्ता समाजसेवी काममा समेत संलग्न रहेका छन् ।
हाम्रो मुलुकको बिकासको वाधक भ्रष्टाचार नै रहेको ठहर गर्ने र भ्रष्टाचार उन्मुलनका लागि अभियान चलाएका ज्ञानेन्द्र शाहीको संगठनमा देश भित्र मात्रै नभएर वैदेशिक रोजगारीमा रहेर विश्वभर छरिएर रहेका युवा वर्गहरु समेत गतिलो साथ सहयोग र संलग्नतामा रहेको छ ।
वर्तमान समयमा देशका अधिकांश युवाहरु राजनैतिक दलको भातृसंगठनहरुमा आबद्ध भएर राजनैतिक दलहरुकै वरिपरि रमाईरहेका, व्यापार व्यवसाय गरिरहेका,अध्ययन अध्यापनमा आफ्नो क्यारियर बनाईरहेको, बैदेशिक रोजगारीका लागि मुलुक बाहिर गइरहेका अवस्थामा मुलुकको रुपान्तरण र विकासका लागि भ्रष्टाचारको अन्त्य गर्दै देश विकासमा युवाहरुको सार्थक सहभागिता खोजिरहेका मध्येका प्रतिनिधि युवक ज्ञानेन्द्र शाही हुन् ।
उनी आफ्नो अभियान बिस्तारको क्रममा, सार्वजनिक कार्यक्रममा उपस्थित भएको अवस्थामा, राहत वितरणको अवस्थामा गरि पटक पटक प्रहरी र राजनैतिक दलका कार्यकर्ताबाट आक्रमणको सिकार बन्न बाध्य भएका छन् । उनि माथी पटक पटक राज्यपक्षबाट र सत्तासिन पार्टीका कार्यकर्ताको तर्फबाट सांघातिक हमलाहरु गरिएका छन् । राजनैतिक दलको र सरकारको खरो आलोचनामा उत्रने र भ्रष्टाचार जन्य गतिविधिको कडा बिरोध गर्ने भएकै कारण ज्ञानेन्द्र शाहीले पटक पटक राज्यको तथा राजनैतिक दलका कार्यकर्ताको आक्रमण र ज्यादती सहनु परेको छ ।
आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित भएको थियो।