नवलपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला


 



पूर्वी नवलपरासीमा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ ।

 

ईलाका प्रहरी कार्यालय त्रिवेणी नवलपरासीका अनुसार विनयी त्रिवेणी गाउपालिका वडा नं. ७ ब्यारेजपुल स्थित खेतमा घोप्टो परेको अवस्थामा बेवारिसे शव फेला परेको हो ।

 




प्रहरीले उक्त स्थानमा हाल नामथर वतन नखुलेको, मधेसी मुल जस्तो देखिने अन्दाजि ३५ /३६ वर्षको पुरुषको शव फेला परेको बताएको छ ।

 

मृतकको हल्का दाह्री फुलेको र पहिरनमा कालो सुरुवाल र पुरा बाहुला भएको टिसर्ट लगाएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरले भने यस घटनाको विषयमा थप अनुसन्धान भईरहेकोे बताएको छ ।

 



सम्बन्धित
Loading...