करेन्ट लगाएर माछा मार्दा बालकको मृत्यु, पाँच जना पक्राउ

बागलुङ-बागलुङको बडिगाड खोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो ।
बुधबार विहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानाकारी दिए । प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नम्बर वडा नम्बर ५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, वडा नम्बर २ का ३२ वर्षीय रमेश पुन, वडा नम्बर २ कै २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय मानबहादुर बुढाथोकीको पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुसहित माछा मार्न प्रयोग भएका तार र काठका सामग्रीहरु पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
यो पनि …
खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा
मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ।
Health Insurance board
samyak inside small
के तपाईलाई थाहा छ? बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।
प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।
नियमित खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदा
१- बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ। रगत सफा हुन्छ। र छालासमेत स्वस्थ भई चमक आउँछ।
२- बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ। शरीरका मांसपेशीसमेत बलियो हुन्छ।
३- खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ। यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन सुरु गरिहाल्नुस्।
४- बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ। कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ।
५- बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मिर्गौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ। त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ।