दुबई पठाउँछु भन्दै एउटै मान्छेसँग ७ लाख ठग्ने पक्राउ




एक व्यक्तिले दुबई जान भनेर दलाललाई ७ लाख रुपैयाँ बुझाउँदा ठगिन पुगेका छन् ।

ठगी आरोपमा प्रहरीले मुगुको खत्याङ घर भइ हाल सिफलमा भिजन मल्टिपर्पस सञ्चालन गर्दै आएका निराजन कार्कीलाई पक्राउ गरेको छ ।




उनले दार्चुलाको लेकम स्थायी घर भई विशालनगर बस्ने वर्ष ४१ वर्षीय तारा गिरीलाई युएईको दुबईमा आकर्षक काम लगाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीबाट पक्राउ परेका कार्कीले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिने भन्दै प्रभावमा पारेका थिए । तर, रकम लिएपछि उनी फरार भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

विभागको पहलमा अभियुक्तलाई मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका सूचना अधिकृत दिनेशकुमार आचार्यले जानकारी दिए ।



सम्बन्धित
Loading...