मेयर हर्क साम्पाङ डिउटीका नगरप्रहरीलाई खाजा र पानी बोकेर पुग्दा…..(भिडियो हेर्नुहोस्)
धरान /
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रको सुरक्षामा नियमित रुपले खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन् ।
नियमित रूपले पहरामा रहेका नगरप्रहरीहरुको लागि आवश्यक पर्ने खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ गरेका थिए । खटिएका नगर प्रहरीहरुले पनि मेयर सम्पाङलाई काम गर्ने शिलशिलामा आफूलाई परेका समस्याहरूका बारेमा आफ्ना भनाइहरु राखेका थिए ।
साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि भन्दाभन्दै पनि कोही कसैले अटेर गरे वा ज’ब’र्जस्ती गरेमा गाडीको नम्बर नोट गर्न र आफूलाई खबर गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिएका छन् ।
मेयर साम्पाङ्गले अरु नगरप्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेका थिए । धरान उपमहानगरको प्रमुखमा मेयर साम्पाङ्गले जित हासिल गरेपछि तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो ।
नगरप्रहरी बिट नै स्थापना गरेर धरान उपमहानगरले धरान भेडेटार सडक खण्डको आँपगाछिमा पार्किङ्ग र दिशापिसाव नगर्ने जनचेतनाको लागि बोर्ड समेत राखेको छ । अहिले खानेपानीको मुहान क्षेत्रमा नुहाउने , दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरिएको छ । प्रदेश पो’र्ट’ल बाट । हेर्नुहोस् भिडियो :-