झुठो विवाह गरि श्रीमानको सम्पत्ति आफनो बनाएको आरोपमा श्रीमती पक्राउ


 



आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पतिले पत्नी विरुद्ध उजूरी दिएका छन् । पतिको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको छ ।

 




ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले  बताए ।

 

भावनाले रौतहटको चन्द्रनिगाहापुरका फुर्वा तामाङसँग विवाह गरेकी थिइन् । विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ ।

 

सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाको आरोप छ । भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिए ।

 



सम्बन्धित
Loading...