दुई बालिका बला’त्कृत

रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ ।
आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।