आमासँग झगडा गरेर निस्किएका इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको शव फेला


आमासँग झगडा गरेर निस्किएका इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको शव फेला



थापाथली इन्जिनियरिङ क्याम्पसका एक विद्यार्थीको शव भेटिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी चौधरी गु्रपको निर्माणाधीन भवनको कम्पाउण्डमा आर्किटेक्चर इन्जिनियरिङ पढ्दै गरेका अभिशेष जैसवालको शव फेला परेको प्रहरीले जनाएको छ ।

जैसवाल गत आइतबारदेखि बेपत्ता भएका थिए । २२ वर्षीय जैसवालको शव भेटिएको स्थानमा प्रहरीले कुुकुर परिचालनसमेत गरेको छ । जैसवाल आफैले छतबाट हा म फा लेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।




उनको शरिरमा लडेको चो टमात्र देखिएको प्रहरीले जनाएको छ । अध्ययनमा अब्बल जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट बाहिरिएको बुझिएको छ ।



सम्बन्धित
Loading...