दुधे बालकलाई ७ दिनदेखि अनसनरत निहारिकालाई करिष्मा मानन्धरले भनिन्, ‘बच्चा लिएर मेरो घर आउ, म छु


काठमाडौं :



आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई अभिनेत्री करिष्मा मानन्धरले बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मानन्धरले यस्तो आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन् , ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’




निहारिकालाई उनले छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी हु्न् । उनले अन्त्यमा जयनारीका रुपमा परिचित सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् ।

२१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत छिन् । उनले आफुले न्याय नपाए सम्म अनसन जारी राख्ने बताएकी छन् ।

 



सम्बन्धित
Loading...