नवलपरासीमा बाढीले डाइभर्सन बगायो, बाटो खुलाउने प्रयास जारी




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा पर्ने पूर्वपश्चिम राजमार्गमा बर्षातले डाइभर्सन बगाएको छ । विनयी त्रिवेणी गाउँपालिका १ मा गएराति साढे २ बजे पुल बनाउँदा बनाइएको डाइभर्सन बगाएको हो ।

डाइभर्सन बगाएर अवरुद्ध बाटो विहान पौने ६ बजेतिरबाट एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।




डाइभर्सन मर्मतको कार्यचलिरहेको र सडक पूर्ण रुपमा खुलाउने प्रयास भईरहेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गमा अहिले अधिकांश पुल र कल्भर्डमा डाइभर्सन बनाउने कार्य चलिरहेको छ । बर्षा अघि नै डाइभर्सनको काम सकेर पुल सञ्चालनमा आउने जनाएपनि अझै पुल निर्माण कार्यहरु सकिएका छैनन ।

पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डको सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कम्पनीको चरम ढिला सुस्तीका कारण सडक विस्तार कार्य कछुवाको गतिमा अगाडि बढेको छ । जसले गर्दा यात्रुहरुले निक्कै सास्ती भोग्नु परेको छ ।

पानी नपर्दा बाटो धुलाम्मे हुने र सानो सानो पानी पर्दा पनि डाइभर्सन बगाएर पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

 



सम्बन्धित
Loading...