आमरण अनसनमा बसेकी निहारिका करिश्माको घरमा
आमरण अनसनमा बसेकी निहारिका करिश्माको घरमा
करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी दिएकी हुन् ।
धेरैले लेखेर मलाई ट्याग गर्नुभएको रहेछ कि निहारिकालाई तपाईंको दया होइन न्याय चाहिएको हो’ करिश्माले तस्बिरका साथ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सहि कुरा हो । तर तपाई हाम्रो साथ पाइनन् भने उनले न्याय कसरी पाउलिन् ?’

१९ वर्षीय किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लड्दै छिन् उनी आफैमा शक्तिशाली छिन् । तर यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुबै सपोर्टको आवश्यकता छ’ करिश्मा थप्छिन् । करिश्माले सबै कुरो सकारात्मक कोणबाट हेर्न समेत अनुरोध गरेकी छन् ।
करिश्माले बिहीबार सामाजिक सञ्जालमार्फत निहारिकालाई छोरीको रुपमा आफूले पाल्ने बताउँदै बच्चा लिएर घरमा आउन भनेकी थिइन् । ‘मेरो एउटा छोरी थियो । तिमी भयौं भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु’ उनले सामाजिक सञ्जालमा आग्रह गरेकी थिइन् ।