युक्रेन युद्धमा ३०० बालबालिकासहित १० हजार सर्वसाधारणको मृत्यु :संयुक्त राष्ट्रसंघको रिपोर्ट
४ असार, काठमाडौं ।
युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।अहिले संसदको बजेटको समय छ । विनियोजन विधेयक पारित भइसकेको अवस्था छ ।
तर, सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि सुरु भएको संसदमा त्यसभन्दा बढी एसपीपीको विषयलाई लिएर सांसदहरूले निरन्तर विरोध गर्दै आए । प्रतिपक्षी दल मात्रै होइन सत्तारुढ दलकै सांसदहरू समेत यस विषयमा सरकार र प्रधानमन्त्रीसँग निरन्तर जवाफ माग गरिरहेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सत्ता साझेदार दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङदेखि प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलसम्मले यस विषयमा संसदलाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेका थिए ।
सुरुमा सत्तारुढ घटक माओवादी केन्द्रका प्रमुख सेचतक गुरुङले एसपीपीको विषय उठाएर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न समेत माग गरेका थिए । एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिए ।
एसपीपीमा हस्ताक्षर गरे नेपाल भूराजनीतिक द्वन्द्वमा धकेलिने उल्लेख गर्दै उनले भने, ‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी त्यो कुरा हुन दिने छैनौं ।’
कांग्रेस महामन्त्री थापाले कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्दै एसपीपी संविधानविपरीत रहेको दाबी गरे । ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो ।
तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन,’ उनले संसदमा भने । प्रधानमन्त्री स्वयं संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्दैनौं भनेर निश्चिन्त बनाउनु पर्ने उनको माग थियो । ‘प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुहुन्छ ।
नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन । आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैंले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन, गर्दैन, गर्दैन’ भनेर भन्नुपर्छ,’ थापाले भने ।