हात्तीको आक्रमणबाट महिलाको मृत्यु


 



टीकापुर (कैलाली), असार ५ गते । हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की एक महिलाको ज्या’न गएको छ ।

कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्या’न गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।




‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरु हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको रहेछ, ’ नायव उपरीक्षक शाहीले भने, ‘उनीहरुले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुई घण्टापछि मृ’त अवस्थामा भेटिए।’

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछार-पछार गरी, खुट्टा भाँ’चेर मा’रेको थिए ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीले मृ’तकका दुई छोरा रोजगारीको सिलसिलामा भारतमा रहनु भएको र मृतक अपाङ्ग छोरी पालेर बसेका थिए । मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको छ ।

डुवेर मृत्यु

शनिबार नै रानी जमरा कुलरिया नहरमा डुबेर मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनाका ३५ वर्षीय गङ्गबहादुर सहकारीको पनि ज्यान गएको छ ।

गाउँलेको मलामी जानु भएका सहकारी नुहाउने क्रममा डुुु’बेर मृ’त्यू भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...