गोरखामा ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागीमा, ६९ वर्षीया वृद्धाको मृत्यु


गोरखा ।



गोरखामा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर हुँदा एक वृद्धाको मृत्यु भएको छ।सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर शुक्रबार राति मृत्यु भएको हो।

घटना शुक्रबार राति भए पनि शनिबार बिहान मात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए। एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ।आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्णरूपमा नष्ट भएको छ।




विस्फोटपछि भएको आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ भने महिलाको शरीर पूरै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।घरभित्र प्रयोग गर्दै आएको ग्यास सिलिण्डरसमेत विष्फोट भएको अवस्थामा फेला परेकाले ग्यास सिलिण्डर विस्फोटपछि आगलागी भएको प्रहरीको अनुमान छ।

अन्दाजी दिउँसो ४ बजेको समयमा तेर्सापट्टी स्थित चन्द्र मथुरा (सीएम) स्विमिङ पुलमा पौडी खेल्ने क्रममा गहिराईतर्फ जाँदा डुबेर किशोरको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

आमा र भाइसँगै पौडी खेल्न गएका उनी एक्कासी डुबेको खड्काले बताए ।उनी डुबेको केही समयपछि मात्र थाहा भएपछि तत्काल उद्धार गरी उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।हाल घटनाबारे अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।



सम्बन्धित
Loading...