दुबईका अधिराजकुमार सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर




नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका उनी अहिले झापामा छन् । प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।




आइतबार बिएमसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी शेख मोहम्मदले सुरक्षाको कारण केचनावल लगायत दुई ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए । सोमबार शेख मोहम्मद पोखरा जाँदैछन् । 

परराष्ट्र मन्त्रालयको आग्रहमा उनको सुरक्षा व्यवस्था कडा बनाउन सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताएका छन् ।

३ दिने नेपाल भ्रमणमा आएका राजकुमारले मेडिकल व्यवसायी प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । सो ‘लौरो’ कसरी विमानस्थलबाट भित्रियो बन्नेबारे आम चासो छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लौरो भित्रिएकोबारे जानकारी नभएको जनाएको छ ।

सरकारले उनको औपचारिक कार्यक्रम रोकेको हल्ला चलेपनि त्यसबारे आफुलाई थाहा नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए ।

पोखरेलले भने– ‘पर्यकटको रुपमा आएका मान्छेलाई हामी रोक्दैनौ, खर्च गरुन भन्ने नै हाम्रो चाहना हुन्छ ।’

 



सम्बन्धित
Loading...