सुनिता डंगोलको यो इच्छालाई बालेन साहले पुरा गरिएदिए
सुनिता डंगोलको यो इच्छालाई बालेन साहले पुरा गरिएदिए
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ । उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् ।
उनको उक्त भाषण भाइरल नै भएको थियो ।मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर, मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिएटरलाई स्थान दिएका हुन् ।
यो पनि पढ्नुहोश: नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा नेतृत्व चयनको असन्तुष्टिको बिषयलाई लिएर कुटाकुट भएको छ । नेतृत्व चयनका बिषयमा असन्तुष्टि जनाउदै समानान्तर कमिटी बनाएर गतिबिधी गरिरहेका पवन कार्कीको समूह र आधिकारिक समुहको बिचमा बैठक हलमै कुटाकुट भएको हो ।
असन्तुष्ट दुई पक्षको बिचमा कुटाकुटको खवर सुनेपछि अध्यक्ष प्रचण्ड आफै उपस्थित हुने भनिएको बैठकमा उनी उपस्थित नहुने भएका छन् । बैठकमा उपस्थित हुने पूर्वनिर्धारित समय नै तोकेका प्रचण्ड अन्तिम समयमा आएर झडपको बहानामा उपस्थित नहुनुलाई आफुमाथि पनि आक्रमण हुन सक्ने भन्दै उपस्थित हुन इन्कार गरेको भन्ने चर्चा सुनिन थालेको छ ।
केहिले त अध्यक्ष प्रचण्ड बिस्तारित बैठकमा आउन भनेर हिडेको तर झडपको खबर सुनेपछि बिचैबाट फर्केको आरोपहरु पनि लगाएका छन् ।नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो । महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।
असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ ।अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उनी नजाने भएका छन् ।
कार्कीको समूहले हलमा नाराबाजी गरेको आरोप छ ।विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको छ ।महासचिव दीपेश पुनले बैठक सञ्चालन हुने बताए ।