नवलपुरः एकाविहानै घरबाट निस्किएको पंगेनी घर नजिकैको पोखरीमा मृत भेटिए




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ कैलाश चोक नजिकैको लौडाहा तालमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् ।




मंगलबार विहानै ३ बजेतिर घरबाट उठेर हिडेका कावासोती ८ कैलाश चोक निवासी ७० बर्षीय पूर्ण प्रसाद पंगेनी घरदेखि केही पर रहेको लौडाहा तालमा मृत फेला परेका हुन् ।

उनको शव मंगलबार विहान ९ बजेतिर तालमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेको कावासोती ८ का वडाध्यक्ष गोकर्ण रिमालले बताए ।

प्रहरीले अहिले घटना स्थलको मुचुल्का तयार पार्ने र घटनाको अनुसन्धान गर्नुका साथै शव पोखरीबाट निकाल्ने काम गरिरहेको छ ।

घटनाको कारण खुलिनसकेको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...