खेत गोड्न हिडेकी महिला सातवटा कुकुरको टोकाइबाट गम्भीर घाइते


 



हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् ।

 

आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुर आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् ।

 




स्थानीयकाअनुसार उनलाई ६/७ वटा कुकुरले टोकेर शरीरभरि घाउ बनाएका छन् ।  उनलाई फुटबल प्रशिक्षक विष्णु रावत लगायतको टोलीले उद्धार गरेको स्थानीय नरजन तामाङले जानकारी दिए ।

 

“रानीवन क्षेत्रमा सातवटा भुस्या कुकुर छन् । यसअघि पनि दुई तीनजनालाई ती कुकुरले टोकेर गम्भीर घाइते बनाइसकेका छन्,” उनले भने, “घाइतेको शरीरभर घाउ नै घाउ छ ।”

 

स्थानीयले सरोकारवाला निकायलाई कुकुरको व्यवस्थापन गर्न दबाब दिँदै आन्दोलन गरिरहेको तामाङले बताए ।

 

जिल्ला प्रशासन कार्यालय हुम्लाकाअनुसार जिल्लामा सामान्य उपचार गरी घाइतेलाई नेपालगञ्ज रिफर गरिएको छ ।

 



सम्बन्धित
Loading...