दिनदहाडै पसलबाट नगद चोरी, सीसीटिभीमा कैद भए चोर




कैलालीस्थित धनगढीको एक पसलमा दिनदहाडै चोरी भएको छ।

हिजो सोमबार साँझ ४ बजेतिर धनगढी उपमहानगरपालिका–१ मा रहेको एसी फ्रिज शिखर कूलटेक मर्मत पसलबाट ९५ हजार नगद चोरी भएको हो।




उक्त पसलबाट चोरी गर्ने २ जना भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लखिमपुर खिरी विजुवा बस्ने मोहम्मद सलमान रब्बे अलि र लखिमपुरकै गोला बस्ने बब्लु खान रहेका छन्।

उनीहरुलाई सीसीटीभि फूटेजका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पसल सञ्चालक टंकप्रसाद ओझाले कर्मचारीहरु अर्को पसलमा गएका बेला चोरी भएको बताए।

तर, सीसीटिभी फूटेजका आधारमा प्रहरीले चोरी गर्नेहरुलाई १ घण्टाभित्रै पक्राउ गरिएको उनले बताए। उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध जाहेरी दिइएको छ।

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिए।



सम्बन्धित
Loading...