धरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काँग्रेसकै भातृसंगठनको प्रदर्शन




धरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा बुधवार विरोध तथा सिट्ठी जुलुस प्रदर्शन भएको छ ।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल धरान उपमहानगर समिति, नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ समिति र नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं. १ समितिको




संयुक्त आयोजनामा भएको विरोध तथा सिट्ठी जुलुस धरानको सिंहदेवी चौकबाट सुरु भई भानुचौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाली जनताको ढाड सेकिने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता लिनुपर्ने भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिका नरसिंह राई, नेपाल तरुण दल क्षेत्रीय सचिव रोजन रणपहेली र नेविसंघका नेता दोर्ची सेर्पा लगायतले सम्बोधन गरेका थिए ।

 

उनीहरूले मूल्यवृद्धि तुरुन्त फिर्ता लिनुपर्ने बताउँदै यदि सरकारलाई खबरदारी गर्दा पनि सुनेन भने चरणबद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।



सम्बन्धित
Loading...