कावासोतीमा लागुऔषध दुरुपयोग तथा ओसार पसार सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न




पूर्वी नवलपरासीको कावासोतीमा लागु औषध दुरुपयोग ओसार पसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

आज (शुक्रबार) लागु औषध दुरुयोग ओसार पसार विरुद्ध अन्र्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

 




जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वको आयोजना र नवजिवन पुनस्र्थापना केन्द्रको सहकार्यमा सो कार्यक्रम जिल्ला प्रहरी कार्यलयको सभाहलमा सम्पन्न भएको हो ।

 

 

उक्त कार्यक्रममा पुर्नस्थापना सञ्चालक र पुर्नस्थापना केन्द्रमा उपचाररत व्यक्तिहरु सहित जिल्ला प्रहरी कार्यलयको हिरासत कक्षामा लागुऔषध सम्बन्धि मुद्दामा अनुसन्धानका क्रममा रहेका १३ जना अभियुक्तहरुको बिचमा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

सो कार्यक्रमको मुख्य उदेश्य लागु औषध सेवनको रोकथाम तथा ओसार पसार नियन्त्रण रहेको छ ।

उक्त कार्यक्र्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, नवजिवन पुर्नस्थापना केन्द्रका संस्थापक केशव खत्री र युवा समाजसेवी गोकुल कंडेलले प्रशिक्षण दिएका हुन् ।

 



सम्बन्धित
Loading...