पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।



सरकारले विभिन्न आयोजनाका नाममा लिँदै आउको कर ५० प्रतिशत घटाउन समितिको उक्त निर्देशन दिएपछि पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

शनिबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य १७९ र डिजेल/मट्टितेलको १६३ कायम भएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।




नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन ममितिले निर्देशन दिएको हो । असार ६ गते बसेको बैठकले पनि पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न वैकल्पिक उपायको खोजी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नेपाल आयल निगमले गत असार ५ गतेमात्रै पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको छ । पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १८५ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्याँसको मूल्य १८ सय रुपैयाँ प्रति सिलिन्डर छ ।



सम्बन्धित
Loading...