बालुवाटारको आगलागीबाट ४ करोड भन्दा धेरै क्षति भएको आकलन


बालुवाटारस्थित सुनौलो परिवार नेपाल,मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।



८ वटा दमकलको सहायताले करिब साढे २ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं–४ मा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागीका कारण ४ करोडभन्दा धेरै क्षति पुगेको प्रहरीले जनाएको छ । 




आगलागीको कारण खुलेको छैन ।

सो भवनको स्टोर रुमबाट आगो सल्किएको थियो ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका, ललितपुर महानगर, प्रहरी र सेनाको दमकल तथा ट्यांकर प्रयोग गरेर आगो निभाएका हुन् ।

आगो निभाउन विभिन्न युनिटबाट १५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

आगलागीबाट मानवीय क्षति भएको छैन ।



सम्बन्धित
Loading...