नवलपुरमा खोलाले बगाएर एक पुरुष बेपत्ता
नवलपुर। नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुर कमाललाई खोलाले बगाएको हो ।
बुुधबार दिउसो खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९ को सिम्रनी खोलाले बगाएको प्रहरीले जनाएको छ ।
उनको खोजीकार्य जारी राखिएको छ ।
