नवलपुरको हुप्सेकोटमा चट्यांगको कारण भौतिक क्षति


 




नवलपुर । असार १६

पूर्वी नवलपरासीमा हिजोको भारि वर्षा तथा चट्यांगको कारणले एक विद्धालमा भौतिक क्षति पुगेकोे छ ।




नवलपुर प्रहरीका अनुसार हुप्सेकोट गाउपालिका वडा नं. ३ गिरुबारी स्थित सरस्वती संस्कृत तथा साधारण मा. वि मा चट्यांगका कारण भौतिक क्षति पुग्न गएको हो ।

चट्यांगका कारण सो विद्यालयको  परिक्षा भवनमा रहेको पंखा ६ थान , ल्यान्ड लाईन टेलिफोन १ थान , कम्प्युटर १ थान, राउटर २ थान ,मिटर बक्स १ थान र एमसिबि २ थान जलि नष्ट भएको छ ।

साथसाथै सोहि भवनको २ वटा पिल्लर समेत सामान्य चर्किएको छ ।

चट्यांगको कारणले सामान्य भौतिक क्षति मात्र भएको तर अन्य कुनै मानविय क्षति नभएको नवलपुर प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...