नारायणी पुलबाट एक पुरुषले हाम फाले, प्रहरीले खाेजी गर्दै

नारायणी नदिको पुलबाट एक पुरुषले हाम फालेका छन् ।
आज बिहान करिब ९ः३० बजेको समयमा उनले हाम फालेको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रमुख प्रशान्त श्रेष्ठले जनाकारी दिए ।
गैंडाकोट प्रहरीका अनुसार पुलमा एउटा उनले लगाउने कोट र चप्पल भेटिएको छ ।
घटना बारे अनुसन्धान चलिरहेको र खोजि कार्य चलिरहेको प्रहरीको भनाई छ ।