विद्यार्थीलाई कुटपिट गर्ने सञ्चालकमाथि कारबाहीको माग
विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा उजुरी परेको छ ।
बाराको देवताल गाउँपालिका-७ का हाल कलैया उपमहानगरपालिका-५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग गरेका छन ।
