नवलपुरमा बन्चरो प्रहारबाट एक जना गम्भिर घाईते

नवलपुर । असार १७ ।
पूर्वी नवलपरासीमा बन्चरो प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार बुलिंगटार गाउपालिका ३ तिगुवा बस्ने ३८ वर्षिय देवीराम कुमाल सोही ठाउमा बस्ने ६८ वर्षिय पदम बहादुर कुमालको बन्चरो प्रहारबाट गम्भिर घाईते भएक हुन् ।
सामान्य विवाद चर्किदा अचानक उनले बन्चरो प्रहार गरेका हुन् ।
घाईतेको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
कुटपिट गर्ने वृद््दा प्रहरी हिरासतमा छन् भने घटनाको थप अनुसन्धान भईरहेको छ ।