नवलपुरमा घरको सिढीबाट लडेर निधन


 



नवलपुर । पूर्वी नवलपरासीमा आफ्नै घरको सिढीबाट लडेर एक जना जेष्ठ नागरिकको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय डेढगाउँका अनुसार बिहीबार साँझ पूर्वी नवलपरासीको बौदीकाली ३ बोझा पोखरी बस्ने ८४ बर्षीया हिराबहादुर सुनारको निधन भएको हो ।




सुनार आपनै घरको सिढीबाट लडी गम्भीर घाइते भएको र उपचारको लागि पोखराको मणिपाल अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो ।

मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोतीको भित्री सडकमा यातायात व्यवस्था कार्यालय कावासोतीको बा १ झ ५२७२ नम्बरको पिकअफ बलेरोले लु ३३ प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् ।

 

 

ठक्कर दिने पिकअब बलेरो र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बारा जिल्लाको आदर्श कोतवाली गाउँपालिका २ बस्ने वर्ष ५२ को बृजु साह कानु, वर्ष २८ को रुपालाल पण्डित र वर्ष २५ कृष्ण मुखिया घाइते भएका हुन् ।

 

 



सम्बन्धित
Loading...