बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ


 



जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा एक बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक १६ वर्षे किशोरलाई पक्राउ गरेको छ ।

 




जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरकै एक ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती किशोरलाई नियन्त्रणमा लिइएको हो ।

 

आइतबार बालिकालाई बलात्कार आरोप लागेका बालकलाई पक्राउ गरी आवश्यक सोधपुछ र थप अनुसन्धान सुरु गरिएको उनले बताए । ‘बलात्कारको घटना हुनु दु:खद् हो, आवश्यक कानुनी प्रक्रिया थाल्दैछौं । यसबारे पूरै विवरण आइसकेको छैन,’ उनले भने ।

 

साता दिनअघि दिउँसोको समयमा छिमेकी बालिकालाई कसुरजन्य कार्यको आरोप लागेका बालकले आफ्नै घरमा लगेर करणी (बाल बिज्याइँ) गरेको पीडित पक्षको जाहेरीमा उल्लेख भएको उनको भनाइ छ ।

 

‘आरोपीलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 



सम्बन्धित
Loading...