भारतीय दूतावासभित्र सुरक्षा गार्डको मृत्यु




काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको मृत्यु भएको छ।

सोमबार बिहान लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।




दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको छ।

घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार दूतावासले मृतकको शव आफैं व्यवस्थापन गर्ने पनि जनाएको छ।

घटनाबारे जानकारी लिन प्रहरी टोली दूतावास गए पनि दूतावास भित्र जान सकेको छैन।

कुनै पनि देशको राजदूतावास वा महावाणिज्यदूतावासभित्र उनीहरूकै देशको कानुन लागु हुन्छ।



सम्बन्धित
Loading...