संखुवासभामा ६ जनाको सामुहिक हत्या गर्नेलाई आजीवन कारवास




संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ६  जनालाई आजीवन कारवास फैसला भएको छ ।

हत्यामा संलग्न ५ जना मध्ये १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ ।




हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।

उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन ।

संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गदैं उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए ।

साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई-दुई लाख रुपैयाँ क्षतिपुर्ती रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको उनले बताए ।

२०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

 

 



सम्बन्धित
Loading...