चट्याङ लागेर बालकको मृत्यु, आमा घाइते




सोलुखुम्बु –

सोलुखुम्बु जिल्लामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।




मंगलबार साँझ पानीसँगै परेको चट्याङका कारण थुलुङ दूधकोशी गाउँपालिका–९ का सात वर्षीय बालक सुजन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

बालकको आमा ताकमाया तामाङ घाइते भएकी छन् ।

उनको शरीरको एक पाटो नचल्ने भएको प्रहरीले जनाएको छ ।

माइतीघर हिडेकी आमासँगै रहेका बालक पानी परेपछि ओत लागेर घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

गएराती सोलुखुम्बुका विभिन्न स्थानमा परेको चट्याङले विद्युतीय सामग्रीहरूमा क्षति पुगेको छ ।



सम्बन्धित
Loading...