राप्रपा नवलपुरद्वारा मूल्यवृद्धिको विरोध

रामकुमार श्रेष्ठ –
नवलपरासी । राप्रपा नवलपुरले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि त्यसको नाममा अन्य क्षेत्रमा भएको मूल्य वृद्धि र कालोबजारी रोक्न माग गर्दै कावासोतीमा प्रदर्शन गरेका छन् ।
आज राप्रपा नवलपुरले नवलपुरको कावासोतीमा जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।
राप्रपाले मूल्य वृद्धि विरुद्ध देशव्यापी आन्दोलन थालेका छन् । सोही क्रममा आज पनि प्रदर्शन गरिएको राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।
उनीहरुले राजसंस्था, हिन्दु राज्यको पक्षमा र गणतन्त्र, संघीयताको विरोधमा नाराबाजी समेत गरेका थिए ।