मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ४२ घाइते

संखुवासभाको चैनपुर नगरपालिका– १० दुम्कटामा मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो मृतकको दाहसंस्कार गरिसकेपछि मलामी बोकेर फर्किएको ट्याक्टर दुम्कटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
ट्याक्टरमा सवार ४४ मलामीमध्ये दुईजनाको मृत्यु भएको उनले बताए।
घाइतेलाई तुम्लिङटारस्थित मनकामना अस्पताल र जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
पूर्वमन्त्री चढेको गाडी दुर्घटना, तीनजना घाइते
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ। पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहेका छन्। उनीसँगै सवार एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भएका हुन्।
घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकोप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौं लगिने तयारी गरिएको छ ।
घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।