नवलपुरमा ३ जनाको शव फेला

दाउन्ने न्यूज
नवलपुर । पूर्वी नवलपरासीमा दुई जना पुरुष मृत फेला परेका छन् ।
नवलपुरको अरुणखोला र गैडाकोटमा गरी दुई स्थानमा मृत फेला परेका हुन् ।
प्रहरी चौकी अरुणखोलाका अनुसार गत असार ६ गते घरबाट कसैलाई केही नभनि हिडेका मध्यविन्दु नगरपालिका १४ दुवारी बस्ने ४१ बर्षीय पुरुष भोजबहादुर बाह्रघरे आज मृत फेला परेका हुन् ।
उनको खोजतलास गर्ने क्रममा घरबाट निस्केको झण्डै १८ दिन पछि अरुणखोलाबाट १८ किलो मिटर पर मध्यविन्दु १४ थारुडाडा स्थितको खोल्सामा मृत अवस्थामा फेल परेको हो ।
त्यसैगरी नवलपुरको गैंडाकोट ४ बाट हराएका पुरुषको शव फेला परेको छ ।
गैंडाकोट ४ बस्ने लुमकान्त गैरे (लेखनाथ) शव मौलाकाली सामुदायिक वनमा फेला परेको प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
जंगलमा जाने क्रममा स्थानयीले लास देखेपछि प्रहरीलाई खबर गरेको नवलपुर प्रहरीले जनाएको छ ।
उनी यहि असार २१ गते बिहान ७ः२० मा घरबाट निक्लिएर राजमार्गमा रातो रंगको अटो रोकी पूर्वतर्फ गएको सिसि क्यामेरामा कैद भएको त्यसपछि सम्पर्कमा आएका थिएनन् ।
घटनाको बिषयमा अहिले थप अनुसान्धान भइरहेको छ ।
८ दिनदेखि वेपत्ता २१ महिने बालक मृत भेटिए

नवलपरासी । नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन्।
असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
विनयीत्रिवेणी गाँउपालिका वडा नं. ७ शिवपुरगढीबाट हराएका मनी थापाका २१ महिनाका छोरा प्रज्वल थापा घरभन्दा ४ किलोमिटर टाढा गण्डक नहर नजिकैको साईफनमा मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार शव सडेको अवस्थामा पानीमा तैरिएर बसेको थियो । घर नजिकबाट बगेको कुलोमा परेर बालकलाई बगाएर टाढा पु¥याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।