नदी किनारमा बालकको शव फेला




कैलाली जिल्लाको गोदावरीमा एक बालकको शव फेला परेको छ ।

 

गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो ।

 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

 

वैशाखयता विपद्जन्य घटनामा परी ११८ जनाको मृत्यु

 

गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ ।

 

प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ ।

कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो ।

 

ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् भने रु ६६ करोड ५९ लाख बढीको क्षति भएको छ ।

 

 

https://www.youtube.com/watch?v=6mi4H53ko4s&t=14s

 

 



सम्बन्धित
Loading...