कालिगण्डकी काेरिडोर सडक खण्ड अवरुद्ध

नवलपरासी । कालीगण्डकी कोरीडोरको सडक खण्डका २ देखि अवरुद्ध भएको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार अविरल बर्षाका कारण गैडाकोट ननगरपालिका ३ तराङखोला र बुलिङटार गाउँपालिकाको सिमाना सडक अवरुद्ध भएको हो ।
कालिगण्डकी करीडोरको सडक खण्डमा पहिरो गई कोरीडोरको सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको हो र पहिरो हटाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।
नवलपुरः मोटरसाइकल दुर्घटनामा ५ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खांदा ५ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका ४ रमाइलो चोक स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ जांदै गरेको बा.प्र.०३–००४ प २७४ नम्बरको मोटरसाइकल र उत्तरबाट दक्षिणतर्फ आंउदै गरेको बा.प्र.०३–००२ प ५२६१ नम्बरको एकआपसमा ठक्कर खांदा ५ जना घाइते भएको हो ।
घाइतेहरुको पुरानो मेडीकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।
दुर्घटनामा परी चितवन माडी नगरपालिका १ बस्ने बर्ष २९ को दिनेश पगेरी, गैडाकोट १ बस्ने बर्ष ४५ को हिराबहादुर थापा, गैडाकोट ४ बस्ने बर्ष ५५ को शम्भू थापा, गैडाकोट ४ बस्ने बर्ष १२ को बिपिन कुमाल र गैडाकोट बस्ने बर्ष ७ को प्रदीप सोमै घाइते भएका हुन् ।
घाइते २ बालक साइकलमा सवार थिए ।